नेविसंघमा ३२ वर्षे उमेर हद प्रस्ताव
काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद कति हुने भन्ने विषय पेचिलो बनेको छ ।
कांग्रेसको मुख्यालय सानेपामा बसेको बैठकमा उमेर हदको विषयमा सहमति हुन नसकेको हो । नेवि संघको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदै आएको छ ।
नेविसंघको निर्वाचन आगामी असोज १६ देखि १८ गते सम्पन्न गर्ने विषयमा सहमति भएको छ ।
नेवि संघको ११औँ महाधिवेशनमा १२औँ महाधिवेशनमा अध्यक्ष लड्नका लागि ३२ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको थियो ।
उमेर हद ३२ वर्ष राख्ने प्रस्तावको कृष्णप्रसाद सिटौला निकटका विद्यार्थी नेताले विरोध गरेका छन् । उनीहरूले आफूलाई रोक्न यो प्रावधान ल्याएको कुन्दनराज काफ्ले समूहले आरोप लगाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत