उत्पात मच्चाएको आरोपमा नेकपाका चारजना पक्राउ
लहान । सिरहामा विभिन्न आपराधिक घटनामा संलग्न रहेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना नेता–कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी नगरपालिका वडा नम्बर १२ बाट शनिबार बेलुका नेकपाका सिरहा जिल्ला सेक्रेटरी शाहस, अखिल नेपाल महिला संघ क्रान्तिकारी सिरहाका अध्यक्ष ज्ञानु सर्दा, महिला संघ जिल्ला सचिव कान्छी सर्दा र सदस्य चुम्बुन सर्दा पक्राउ परेका छन् ।
पक्राउ परेका उनीहरूलाई चन्दा उठाएको, विभिन्न विस्फोटकका घटना गराएको लगायतका आरोप प्रहरीको छ ।
यसअघि उत्पात मच्चाएको अभियोगमा प्रहरीले नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो र पोलिटब्युरो सदस्यहरू पमद राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू दीपेश राई, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत दर्जनौं नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत