यी हुन् नेपाली सेनाका नयाँ कमाण्डर
काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी पूर्णचन्द्र थापाले पाएका छन् ।
थापालाई राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ दिलाइएको छ ।
थापालाई जिम्मेवारी दिने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद ओलीका साथै उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू लगायत अन्य विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।
नवनियुक्त प्रधान सेनापति महारथी थापालाई नेपाली सेनाको प्रधान सेनापति पदको दज्र्यानी चिन्ह पनि प्रदान गरिएको छ ।
नवनियुक्त प्रधान सेनापति थापाले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत