दुर्घटनामा परेको हेलिकप्टर भेटियो, छजनाको मृत्यु
त्रिशूली । गोरखामा पर्यटक छाडेर काठमाडौं आउने क्रममा दुर्घटनामा परेको अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार सात जनामध्ये छ जनाको मृत्यु भएको छ ।
नुवाकोट जिल्लाको सुन्चेत भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना अवस्थामा फेला परेको जनाइएको छ । हेलिकप्तरमा पाइटलसहित ६ जनाको मृत्यु भएको छ । एकजना जीवित भेटिएकी छिन् । जीवितै भेटिएनेमा डोल्मा आनी रहेकी छिन् ।
हेलिकोप्टरमा रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हीरा शेर्पा, गोर्खाका ल्हो आनी डोल्मा डिकी, गोर्खाकै छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनील तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु रहेका थिए ।
दुर्घटनामा बाँच्न सफल भएकी आनीले आफन्तलाई फोन गरेर सकुशल रहेको बताएपछि खोजी र उद्धारका लागि सहज भएको थियो ।
आनीको फोनाका आधारमा हेलिकोप्टर दुर्घटना स्थल पत्ता लागेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत