सरकारको संरचना परिवर्तन हुन सक्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाही र भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

ललितपुरको खुमलटारमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्ने बताए ।

‘जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे गम्भीर छौं’, दाहालले भने, ‘हाम्रो बीचमा यो विषयमा गम्भीर छलफल शुरु भएको छ । आमजनताले सरकारबाट राखेको अपेक्षा पूरा गर्न सरकारको भूमिका र संचरनाका बारेमा के कसरी जाने भन्ने विषयमा गम्भीर ढंगले छलफल भइरहेको छ ।’

अध्यक्ष दाहालले भने, ‘हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुनेछ ।’

समीक्षाबाट प्राप्त निश्कर्षलाई पार्टीभित्र समेत छलफल गरी सरकारको प्रभावकारिता बढाउने दिशामा गम्भीर र ठोस कदम चालिने अध्यक्ष दाहालले बताए ।

सरकारको कामकारबाहीका विषयमा चौतर्फी विरोध भइरहेका बेला नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले सरकारको संरचनामा ध्यान दिने बताएका हुन् ।

Published : Tuesday, 2018 September 4, 6:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया