यी हुन् अचम्मका जनप्रतिनिधीहरू, जनताको करबाट मस्ती गर्दै

जाजरकोट । कर बढेको भनेर जनताले गुनासो गरिरहेका बेला जाजरकोटको छेडागाड नगरपालिकाले बिलासिताको गाडी खरिद गरेर मेयरले चढ्दै आएको खुलासा भएको छ । मेयरले नगरपालिकाको ८० लाख खर्च गरेर स्कारपियो गाडी खरिद गरेका छन् ।

यो नगरपालिकाले छ वटा मोटरसाइकल किनेर वडाध्यक्षहरूलाई बाँडेको छ । छेडागाडका कुनै वडामा मोटरबाटोको सुविधा छैन ।

बारेकोट गाँउपालिका कच्ची सडकले पनि जोडिएको छैन । यो गाउँपालिकाले दुईवटा मोटरसाइकल किनेको रहस्य बाहिरिएको छ । कुशे गाँउपालिकाले समेत दुई वटा बाइक खरिद गरेको अध्यक्ष हरिचन्द्र बस्नेतको भनाइ छ । भेरी नगरपालिकामा ३ वटा वडाध्यक्षले मोटरसाइकल चढ्ने गरेका छन् ।

शिवालय गाँउपालिकाले एउटा स्कारपियो जिप र १४ वटा बाइक खरिद गरेको छ । ९ वटा वडा रहेको गाँउपालिकाका ६ र ७ नम्बर वडामा अझै मोटरबाटो पुगेको छैन ।

शिवालय गाँउपालिकाले ५५ लाख रूपैयाँमा गाडी र ३२ लाखमा १४ वटा मोटरसाइकल गरी करिब ८७ लाख रूपैयाँ खर्चेको छ ।

स्कारपियो कारमा गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले चढ्ने गरेका छन् । एउटा मोटरसाइकल पनि शाहीले आफूसँगै राखेका छन् ।

Published : Tuesday, 2018 September 4, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया