चिकित्सकहरूको आन्दोलन र माग ठीक छः देउवा
भरतपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
सभापति देउवाले चिकित्सकहरूका मागलाई पूरा गर्न सरकारसँग आग्रह गरे । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा उनले चिकित्सकहरूका माग सम्वोधन हुनुपर्ने बताए ।
देउवाले सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको बताए । ‘विमस्टेक सम्मेलन भने सफलतापूर्वक सम्पन्न भएको छ’, उनले भने, ‘सार्क र विमस्टेक फरक–फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न हुँदैन ।’
विम्स्टेक सम्मेलनका राष्ट्रबीच हुन लागेको संयुक्त सैन्य अभ्यास सहमति अनुसार हुन लागेको देउवाले बताए ।
देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति देउवाले चिन्ता व्यक्त गरे । ‘दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको छ’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत