रेष्टुरेन्टमा कसैले चिनेनन् राहुल गान्धीलाई, के–के खाए ?
काठमाडौ । काठमाडौंमा रहेका भारतीय कांग्रेस आईका अध्यक्ष एवम् प्रमुख विपक्षी दलका नेता राहुल गान्धीले रेष्टुरेन्टमा पुगेर सामान्य नागरिकले सरह खाना खाएका छन् ।
लाजिम्पाटस्थित भूतू फुड वुटिक रेष्टुरेन्टमा पुगेर शुक्रबार राति ९ बजे खाना खाएको स्रोतले जनाएको छ । आफ्ना सीमित साथी र सुरक्षाकर्मीसहित रेष्टुरेन्टमा पुगेका राहुलले सामान्य नागरिक सरह खाना खाएर बाहिरिएका थिए ।
रेस्टुरेन्टमा राहुलले दार्जिलिङ मम, नेवारी मिट प्वाटर, बँदेलको मासु र चिकेन कुरकुरे खाएका थिए । रेष्टुरेन्टमा खाना खाने क्रममा राहुलले झण्डै दुई घण्टा विताएका थिए ।
रेष्टुरेन्टमा पुगेका राहुललाई चिनेका एकजनाले सेल्फी लिन नजिकै पुगेपछि बल्ल सबैले राहुल गान्धी भनेर चिनेका थिए ।
चीनको तिब्बतस्थित कैलाश मानसरोवर यात्रामा निस्किएका राहुल शुक्रबार काठमाडौं आइपुगेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत