निर्मला हत्या प्रकरणमा यस्तो आयो रोशनी बमको बयान

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानका लागि हिरासतमा रहेका रोशनी र अनिता बमलाई थुनामा राखेर अनुसन्धान गर्न थप ७ दिन म्याद थपिएको छ ।

जिल्ला अदालतमा बिहीबार उपस्थित गराइएका दिदीबहिनीलाई ७ दिन थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थप गरिएको हो ।

कञ्चनपुर प्रहरीले जिल्ला न्यायाधिवक्ताको प्रत्यक्ष समन्वयमा निर्मला बलात्कार र हत्याकाण्डको अनुसन्धान गरिरहेको जनाएको छ ।

हत्या आरोपमा प्रहरी थुनामा रहेका ४१ वर्षीय दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य चेकजाँच भइरहेको छ भने मानसिक स्वास्थ्य ठीक रहे÷नरहेको र अन्य स्वास्थ्य अवस्था चेक गर्न उनलाई काठमाडौं लगिएको हो ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरी थुनामा रहेकी रोशनी बमले आरोप अस्वीकार गरेकी छिन् ।

थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा रोशनीसँग बयान लिइएको थियो । उनले बयानका क्रममा रोशनीले आरोप इन्कार गरेकी हुन् ।

निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको उनले आफ्नो बयानमा उल्लेख गरेको स्रोतले जनाएको छ ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको रोशनी बमले बयानमा भनेकी छिन् ।

Published : Friday, 2018 August 31, 8:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया