सभापतिलाई बलियो बनाउने कांग्रेसमा भित्रियो नयाँ बहस

काठमाडौं । नेपाली कांग्रेसले संघीय संरचनाका आधारमा विधान संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसमा केन्द्रीय सभापतिलाई बलियो बनाउने विषयमा बहस शुरु भएको छ ।

विधान मस्यौदा समितिमा केन्द्रीय सभापतिदेखि सदस्यता वितरणको प्रक्रियासहितका विषयमा विभिन्न सुझावहरू राखेका छन् ।

यसअघि वितरण गरिएजस्तै साधारण र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने, पार्टीलाई क्याडरबेसमा लानुपर्ने, सदस्यतामा अझै कडाइ गर्नुपर्ने र कडा अनुशासनमा पार्टी चलाउनुपर्ने सुझाव सभापति शेरबहादुर देउवा निकटका नेताहरूले सुझाव दिएका छन् । सभापतिलाई थप बलियो बनाउन केन्द्रमा सभापतिबाहेकका पदाधिकारी मनोनीत गर्न पाउने आशय व्यक्त गरेको स्रोतले जनाएको छ । यसरी सुझाव राख्नेमा देउवानिकट नेताहरू मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुर रहेका छन् ।

अहिलेको प्रणालीमा जाँदा सभापतिलाई आफूले चाहेजसरी काम गर्ने अवस्था नरने सुझाव पनि आएको छ । सामूहिक नेतृत्व प्रणालीमा सभापतिलाई मात्रै दोष लगाउने परम्पराले कांग्रेसलाई कमजोर बनाएको जनाइएको छ ।

केन्द्रमा सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुन्छन् । उपभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनजना सभापतिबाट मनोनीत हुन्छन् ।

सोही कारण कांग्रेसभित्र गुट र उपगुट मौलाएको कांग्रेसमा महाविधेशनबाट अलग गुटका नेता पदाधिकारी पुग्छन् । सभापति एउटा लाइनको हुँदा महामन्त्री अर्को गुटबाट जित्न सक्छ ।

सदस्यता वितरणको विषयमा सबैभन्दा बढी कुरा उठेको छ । सभापतिलाई बलियो बनाउन सदस्यतालाई अझै कडाइ गर्नुपर्ने सभापति देउवा समर्थक नेताहरूले उठाएका छन् ।

विधान मस्यौदा समितिमा पौडेल र सिटौला पक्षका नेताहरू पार्टीमा युवाहरूको आकर्षण बढाउन खुला सदस्यताको अवधारणामा जानुपर्ने देखिएका छन् ।

कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेलले ३० वर्षतलका युवालाई कांग्रेसमा कसरी आकर्षित गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनले यसका लागि खुकुलो प्रणाली बनाउनुपर्छ भन्नेमा मत राखेका छन् ।

पार्टीमा युवाको आकर्षण बढाउन उमेरमा पाका नेताहरूले बाटो खोल्दै जानुपर्ने मत पनि समितिमा आएको छ ।

Published : Friday, 2018 August 31, 7:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया