सल्यानमा एउटै परिवारका पाँचजनाको मृत्यु

सल्यान । सल्यान जिल्लामा घर भत्कदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बागचौर नगरपालिका वडा नम्बर ४ का रामबहादुर बिकको घर मंगलबार राति भत्कदा च्यापिएर ३९ वर्षीय रामबहादुर विकसहित उनकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

एक तले घरको दलीन भाँचिदा घरको तला भत्किएको थियो । राति सुतिरहेको अवस्थामा भत्किएको तलाले च्यापिएर ४० वर्षीया रामबहादुर विक, उनकी श्रीमती ३५ वर्षीया रामकली विक, चार वर्षीया छोरा रुपलाल विक, ७ वर्षीया छोरी गंगा विक र ६ वर्षीया छोरी प्रमिला विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परेकी ११ वर्षीय छोरी सुनितालाई जीवितै उद्धार गरिएको छ । घाइते सुनिताको अवस्था सामान्य रहेको छ ।

Published : Wednesday, 2018 August 29, 11:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया