कांग्रेसको विधान मस्यौदा समितिको कार्यविधि स्वीकृत

काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले आफ्नो कार्यविधि २०७५ लाई स्वीकृत गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको समितिको बैठकले कांग्रेसको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषयमा सबैसँग सुझाव माग गर्ने निर्णय गरेको छ ।

कांग्रेस कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, संघीय संसदीय दल, प्रदेश सभा संसदीय दलबाट लिखित राय सुझाव पठाउनका लागि अनुरोध गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी निकट सबै भातृ एवं शुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिहरूबाट २०७५ भदौ २१ गतेभित्र केन्द्रमा प्राप्त हुने गरी संस्थागत राय सुझाव पठाउनका लागि समितिले आग्रह गरेको छ । विधानका लागि शुभेच्छकहरूले मेलबाट राय सुझाव पठाउन सकिने पनि जनाइएको छ ।

समितिको अर्को बैठक भदौ १३ गते दिउँसो पुनः बस्ने गरी स्थगित भएको छ ।

Published : Tuesday, 2018 August 28, 6:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया