गाडी र मोटर साइकललाई नयाँ नियम लागू
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशहापथले बिमस्टेक सम्मेलनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन सवारी साधनमा ३ दिनका लागि नयाँ नियम लागू गरेको छ ।
महाशाखाले मंगलबार सूचना जारी गरेर तीन दिन जोर–बिजोर नम्बर प्लेटका आधारमा सवारी साधन चलाउन अपील गरेको हो । भदौ १३, १४ र १५ गते तीन दिन सबै सवारी साधनमा जोर–बिजोर अंक प्रणाली लागू गरिएको छ । तीन दिनका लागि लागू भएको यो नियम सरकारी सवारी साधनका लागि हो वा होइन केही भनिएको छैन ।
महानगरीय ट्राफिक प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, ‘यहि भदौ १४ र १५ गते हुन गइरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते ३ दिन उपत्यकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनहरूलाई जोर–बिजोर प्रणाली अनुसार संचालन गरिनेछ ।’
भदौ १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक १, ३, ५, ७ र ९ भएका सवारी साधनहरू संचालन हुनेछन् । नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर–बिजोर लागू हुनेछ ।
१४ भदौमा सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ०, २, ४, ६, ८ भएका सवारी साधनहरू संचालन हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत