कांग्रेस सभापति गर्जिदा कम्युनिस्ट सरकारलाई तनाव

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकार मुलुकमा शान्ति सुरक्षा बनाउन नसकेको भन्दै आलोचना गरेका छन् ।

संसदमा आइतबार धारणा राख्दै सभापति शेरबहादुर देउवाले सरकारले कानूनी शासन कायम गराउने भन्दा पनि स्वयं दोषीलाई जोगाउन लागेको आरोप लगाए ।

उनले कञ्चनपरकी बालिका निर्मला पन्तको हत्या प्रतिनिधि मूलक मात्र भएको बताए । सरकारले दोेषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुको सट्टा दाषीलाई जोगाउन लागेको आरोप सभापति देउवाले लगाए । ‘अपराधमा सामेल भएकालाई जोगाउन खोज्ने राज्यको प्रयास पनि अपराध नै हो’, देउवाले भनेका छन् ।

देउवाले दोषीमाथि कारबाहीको माग गर्दै सडकमा उत्रिएको नागरिकमाथि दमन गरेको भन्दै आक्रोश व्यक्त गरे । बालकलाई गोली हानी हत्या गरिएको घटनाको निन्दा र भत्र्सना गर्दै देउवाले प्रधानमन्त्री ओेलीसँग गरेका थिए । ‘बालिकाको हत्यामा न्याय माग्दा अर्को बालकले मारिनु पर्ने यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदै हुनु हुन्छ प्रधानमन्त्रीजीले ?’, उनले भने ।

सरकारले शान्ति सुरक्षा दिन नसकेको, नागरिकलाई दोहोरो र तेहोरो करको मारमा पार्नुको साथै चर्को मूल्यबृद्धिको मारमा पारेको तथा न्यायलयलाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाएको आरोप देउवाले लगाए ।
संसदमा बोल्न धेरै नरुचाउने सभापति देउवाको अभिव्यक्ति र सम्बोधनलाई कम्युनिस्ट सरकारका मन्त्री र सांसदहरूले विशेष चासोका साथ सुनेका थिए ।

Published : Sunday, 2018 August 26, 6:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया