सम्पत्ति विवरण बुझाउन मानेनन् कम्युनिस्ट नेताहरूले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेपछि ठूलो विवाद उत्पन्न भएको छ ।

नेकपाको अनुशासन आयोग गठन नहुँदै सम्पत्ति विवरण मागिएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।

भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन केन्द्रीय कार्यालयले दस दिनअघि पत्राचार गरेको थियो ।

सम्पत्ति विवरण फारममा नगद, घर जग्गा, सुन, चाँदी, बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गरेको रकम, ऋण, धितोपत्र, सेयर लगायत सबै उल्लेख गर्न निर्देशन दिइएको थियो ।

आयोग नेतृत्वलाई नसोधेर पत्राचार गरेको नेताहरूको आरोप छ । सम्पत्ति विवरण माग्ने कार्य पार्टीको विधान विपरित भएको नेकपाका एक नेताले बताए ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको ‘नेकपा’मा ४ सय ४० सदस्यीय केन्द्रीय समिति बनेको छ । जेठ ३ गते पार्टी एकता भए पनि अनुशासन आयोग बन्न सकेको छैन ।

नेकपाका नेताहरूले सम्पत्ति विवरण बुझाउन आनाकानी गरेपछि कार्यकर्ताहरूले प्रश्न उठाएका छन् ।

Published : Thursday, 2018 August 23, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया