कम्युनिस्ट प्रधानमन्त्री ओली चढ्ने गाडी धुने पानीको विल १२ लाख !
काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले गाडी र मोटरसाइकल धुन महिनामा १२ लाखको पानी प्रयोग गर्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, ओलीले यस्तै व्यवहार देखाएका छन् ।
ओलीले मितव्ययिता र भ्रष्टाचार रोक्ने दिनहुँ नारा लगाए पनि उनकै कार्यालय र निवासमा यति धेरै अनियमितता भएको भन्दै कर्मचारीहरूले नै आश्चर्य व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीले ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा धेरै खर्च गरेका छन् ।
ओलीले तीन महिनामा ट्यांकरको पानीको बिलको ३७ लाख तिर्दै छन् । पानीको मात्रै यति धेरै विल उठेपछि धेरै कर्मचारीहरूको ध्यान बालुवाटारतिर तानिएको छ ।
प्रधानन्यायाधीश दीपकराज जोशी र सभामुख कृष्णबहादुर महराको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख भन्दा धेरै उठेको छ । ट्यांकरको बिलमा पिउने पानीमा भएको खर्च नजोडिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुन दिँदैनन् ।
ट्यांकरबाट ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ ।
बगैँचाका रूख, बिरुवामा पनि ट्यांकरकै पानी प्रयोग हुने गरेको छ । बालुवाटारभित्र भएको डिप बोरिङ पनि प्रयोग गरिँदैन ।
8 प्रतिकृया प्राप्त “कम्युनिस्ट प्रधानमन्त्री ओली चढ्ने गाडी धुने पानीको विल १२ लाख !”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

सत्य तत्थ्य खबर जनता को माझ पुराउन पर्यो।
वाइयात समाचार लेखेर सर्वसाधारण जनतालाइ विचलित बनाऊने काम गर्ने यो पत्रकार होकि खाते कार हो पत्याउने क़ुरा लेखनु परछनी विरोध गर्ने एक सीमा हुंछ कती मूर्ख सोचेको सर्वसाधारण जनतालाइ?
पानि पुरी,ठेला गाडा,खसी,बाख्रा,गाेरु,भैँसिकाे कर कसरी पचाउनुत यति नगरि ,,,,,स्याबास धेरै राम्राे काम फुलाेस फलाेस कामना छ कर प्रसाद अाेलि ज्यू लाई
पानि पुरी,ठेला गाडा,खसी,बाख्रा,गाेरु,भैँसिकाे कर कसरी पचाउनुत यति नगरि ,,,,,स्याबास धेरै राम्राे काम फुलाेस फलाेस कामना छ कर प्रसाद अाेलि ज्यू लाई
प्रमाण के छ? प्रधानमन्त्रिको गाडि धोएको आधिकरीक विल सहित समाचार छाप नत्र पीत पत्रकारिता छोड । प्रमाण विना नचाहिॅदो अफवाह नफैलाऊ । तिम्रो पत्रिकाको स्तर थाहा भयो । तिम्रो यो खवर ने वि सङ्घका उरन्ठेउला केटाहरूले पत्याउलान् ।
Hamro bichar ke chh bhane car dhun 12 lakha lagchh bhane arukarmachari ko bill kati auchhat yastoma deshko bikash hunchhat