कांग्रेसका शुभेच्छुकहरूले सम्झिनेछन् यी हिरोलाई
पुतलीबजार । हृदयघातका कारण निधन भएका नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीको १३औं दिनको पून्यतिथीका अवसरमा विशेष कार्यक्रम हुने भएको छ ।
नेपाली कांग्रेसको आह्वानमा देशैभरि भदौ १ गते शुक्रबार विशेष श्रद्धाञ्जलि कार्यक्रम गरिनेछ । पंगेनीको १३औँ दिनको पून्यतिथीका अवसरमा स्याङ्जा कांग्रेसले भदौ १ गते शुक्रबार बिहान साढे एघार बजे सिटीहल परिसर स्याङ्जा बजारमा कार्यक्रम गरिनेछ ।
कार्यक्रममा परिवारका सदस्यका साथै केन्द्रीय नेता र देशैभरिबाट धेरै जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । नेपाली कांग्रेसले सभापति पंगेनीको पून्यतिथीका अवसरमा कार्यक्रमहरू यसअघि नै निर्देशन दिइसकेको छ ।
पूर्वसांसद समेत रहेका पंगेनी युवाहरूका माझ लोकप्रिय थिए । मध्यम परिवारबाट प्रतिनिधित्व गर्ने पंगेनीले कांग्रेसका लागि धेरै योगदान दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत