यस कारण लम्वियो कांग्रेसको महासमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा पराजयको समीक्षा र भावी पार्टी कार्यक्रम तय गर्न महासमिति बैठक छठपछि मात्रै बोलाउने तयारी गरेको छ ।
विधान संशोधनका लागि मस्यौदा तयार पार्ने समिति बन्न नसक्दा भदौमा बस्ने भनिएको बैठक सर्न लागेको हो ।
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा नौ सदस्यीय समिति बनाउने सहमति भएको थियोे । सदस्यमा भागबन्डा नमिल्दा समस्या भएको संस्थापनको भनाई छ ।
समिति बनेपछि मस्यौदा तयार पार्न दुई हप्ता लाग्छ । मस्यौदामा सुझाब माग्न ७७ वटै जिल्लामा छलफल गराउनुपर्ने भएकाले थप एक महिना लाग्छ ।
सुझाब आएपछि परिमार्जन गर्ने र केन्द्रीय कार्यसमितिमा छलफल गरी अनुमोदन गराउनुपर्ने हुन्छ ।
मस्यौदा समिति नै गठन नभएपछि भदौको मिति छठपछि सर्न सक्ने ती नेताको दाबी छ । यसअघि भदौमा महासमिति बैठकको घोषणा गरिए पनि मिति र स्थान तय भएको थिएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत