त्यसै बोलेको होइन कांग्रेस, कम्युनिस्टहरूलाई ‘घाँटी’ लाग्यो
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट सरकार (नेकपा)ले ल्याएको बजेटविरुद्ध प्रहार गरिरहेका बेला पुरक बजेट ल्याउने विषयमा समेत कुरा उठेको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको छनौटमा परेर अर्थमन्त्री बनेका युवराज खतिवडाले राम्रो बजेट ल्याउन नसकेपछि सरकारले पुरक बजेटको तयारी गरेको हो । ओलीले विश्वास गरेका खतिवडाले सोँच अनुसारको बजेट ल्याउन नसकेको भनेर आलोचना हुँदै आएको छ ।
ओलीको गृहजिल्ला झापा निवासी खतिवडालाई रातारात राष्ट्रिय सभाको सांसदमा मनोनीत गरेर अर्थमन्त्रीको जिम्मेवारी दिइएको थियो । खतिवडाले ल्याएको बजेटले गरिव जनतालाई अहत र धनाढ्यलाई राहत दिएको ‘नेकपा’कै आरोप छ ।
बजेटले आर्थिक समृद्धिसहितको विकासको लक्ष्य पूरा गर्न नसकेको भनेर आलोचना भइरहेका बेला ‘नेकपा’ले आन्तरिक रुपमा बजेटको समीक्षा थालेको छ । कांग्रेसले कम्युनिस्ट सरकारको बजेट काम नलाग्ने भन्दै आलोचना गरेको थियो ।
अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयबाट पदमुक्त वा अर्को मन्त्रालयमा सरुवा गर्ने विषयमा पनि ‘नेकपा’भित्र परामर्श भएको उच्च स्रोतले जनाएको छ ।
खतिवडालाई हटाएपछि अर्थमन्त्रालयको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने विषयमा चर्चा शुरु भएको ‘नेकपा’का एक नेताले जानकारी दिए ।
दु्रत विकासको लक्ष पूरा गर्ने खालको बजेट ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत