तरुण दलले ओलीको अधिनायकवादको धज्जी उडाउने
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध काठमाडौंमा भव्य प्रदर्शन गर्ने भएको छ ।
तरुण दलले साउन ५ गते शनिबार दिउँसो काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । तरुण दलले माइतीघर मण्डलामा दिउँसो एक बजे हुने विरोध प्रदर्शनमा सहभागी हुन् शुभेच्छुकहरूलाई अपील गरेको छ ।
डा. गोविन्द केसीको आन्दोलनमा समेत समर्थन जनाएको तरुण दलले विशेष गरेर सरकारको अधिनायकवाद र संविधान विपरितका गतिविधिको विरोधमा प्रदर्शन गर्न लागेको हो ।
तरुण दलले शनिबार गर्न लागेको प्रदर्शनबाट कम्युनिस्ट सरकारको निद हराम भएको छ ।
प्रधानमन्त्री केपी ओलीले मुलुकमा अधिनायकवाद लाद्न खोजेको तथा अपराधीले जस्तो गतिविधि गरेको भन्दै कांग्रेसले सडक र सदन आन्दोलन शुरु गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत