कांग्रेसको विधान मस्यौदा समितिमा यसरी मिल्यो कुरा

काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा देखिएको विवादमा कुरा मिलेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विधान मस्यौदा समिति गठनका लागि सदस्यहरूको नाम दिन सहमत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूसँग बुधबार भएको बैठकमा नेता पौडेलले भोलिसम्म नाम दिने सहमति भएको हो । कृष्णप्रसाद सिटौला समूहको जिम्मा आफूले लिन नसक्ने पौडेलले बताएका छन् ।

नेताहरूका अनुसार समिति ९ सदस्यीय हुनेछ । त्यसमा संयोजक बाहेक ४–४ हुने बताइएको छ ।

Published : Wednesday, 2018 July 18, 4:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया