पीडितको आँशु पुच्छन पुगे कांग्रेसका सांसदहरू
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले भक्तपुरको मनहरा क्षेत्रमा भएको डुबान र क्षतिको अवलोकन गरेका छन् ।
शनिबार डुबान प्रभावित क्षेत्रमा पुगेर कांग्रेसका सांसदहरूले पीडितहरूको गुनासो सुनेका हुन् । उनीहरूसँग पीडितहरूले डुबान र ढलको निकासको माग गरेका थिए ।
जवाफमा कांग्रेसका सांसदहरूले सो विषयमा आफूहरूले विशेष पहल गर्ने आश्वासन दिएका छन् ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि कांग्रेसका मीनबहादुर विश्वकर्मा, डा.डिला पन्त संग्रैलालगायतका सांसदहरू पुगेका थिए ।
Published : Saturday, 2018 July 14, 9:03 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत