ओली-थापालाई ठेस लाग्यो, कांग्रेसको पक्षमा माहोल
काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत उपत्यकाका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरकालीन आदेश जारी गर्दै असार २९ गते सरकार र रिट निवेदकलाई छलफलका लागि बोलाएको छ ।
सर्वोच्चले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका मानिसहरूलाई धरपकड नगर्ने पनि सरकारलाई आदेश दिएको छ । सर्वोच्चको आदेशले नेपाली कांग्रेसलाई राहत मिलेको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले अभिव्यक्ति स्वतन्त्रता, संविधानले दिएको मौलिक हक विपरित सरकारले निषेधित क्षेत्र तोकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत