सीता माताको उपचार खर्च कसले दियो सर्वहारा नेता प्रचण्डज्यू ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको भारतमा भएको उपचारप्रति आशंका जनाएका छन् ।

प्रचण्डले नयाँ दिल्लीमा सीता दाहालको उपचार राम्रोसँग नभएका कारण सिंगापुर जानुपरेको बताएका हुन् । ‘नयाँदिल्लीमा गरिएको उपचार गलत थियो’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसपछि सिंगापुर उपचारका लागि गएका हौँ ।’

केही महिना अगाडि सीता दाहालले आफ्ना दुई छोरीहरू रेणु त्रिपाठी र गंगा आचार्यलाई लगेर नयाँ दिल्लीमा उपचार गराएकी थिइन् ।

सिंगापुरमा झण्डै तीन हप्ताको उपचारपछि सीता दाहाल आइतबार साँझ काठमाडौं आइपुगेकी छिन् । उनको उपचारमा पति प्रचण्डका साथै सहयोगीहरू र नर्सलाई पनि सिंगापुर लगिएको थियो ।

सीता दाहालको उपचार खर्च सरकारले व्यहोरेको हो कि आफ्नै निजी खर्चमा भएको हो केही बताइएको छैन । नेपालमा उपचार गर्न सम्भव भए पनि सीता दाहाललाई सिंगापुर उपचार गराउन लगिएको भन्दै आलोचना पनि भएको थियो । उनको खर्चलाई लिएर धेरैले प्रश्न उठाएका छन् । उपचार खर्चका बारेमा सामाजिक सञ्जालमा जानकारी माग गरिएको छ ।

प्रचण्ड र सीता दाहाललाई स्वागतका लागि आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, विष्णु रिमाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, भानुभक्त ढकालसहितका नेताहरू पुगेका थिए ।

Published : Monday, 2018 July 2, 10:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया