कम्युनिस्ट सरकारको दुई कुरा कांग्रेसद्वारा खारेज
काठमाडौं । नेपाली कांग्रेसले सरकार प्रमुख प्रतिपक्षलाई दोष दिएर एकलौटी रुपमा संसद कब्जा गर्न खोजेको आरोप लगाएको छ ।
संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले अधिनायकवाद लाद्ने गरेर अगाडि बढेको आरोप लगाइन् ।
‘सरकारका कानूनमन्त्रीले कांग्रेसले दोष दिएर संसदबाट कांग्रेसलाई लखेट्ने प्रयास गरेको छ’, उनले भनिन्, ‘कांग्रेस संसद छाडर जाँदैन । कानून बनाउदा कांग्रेसको आवश्यक्ता पर्ला नि ?’
नेपाली कांग्रेसका सांसद राजनकुमार केसीले शाही शासनमा जस्तै गरेर वर्तमान कम्यनिस्ट सरकारले निषेधित क्षेत्र लागू गरेको भन्दै आपत्ति जनाए ।
‘शाही सरकारका गृहमन्त्री कमल थापाले जस्तै निर्णय कम्युनिस्ट पार्टीका गृहमन्त्री रामबहादुर थापाले ठ्याक्कै त्यस्तै निर्णय गरेका छन्’, उनले भने, ‘निषेधित क्षेत्र तोक्ने निर्णय तत्काली फिर्ता लिनुपर्छ ।’
उनले सरकारको यस्तो लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता विरोधी निर्णयलाई कांग्रेसले कुनै पनि हालतमा नमान्ने बताए ।
2 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारको दुई कुरा कांग्रेसद्वारा खारेज”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

काँग्रेसले भनेको ठिक हो।
काँग्रेसले भनेको ठिक हो। खारेज गरिनु पर्छ।