यसरी हुँदै छ कांग्रेसको महासमिति बैठकको तयारी

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले महासमिति बैठक कहाँ गर्ने भनेर आन्तरिक रुपमा छलफल सुरु गरेको छ ।

स्रोतका अनुसार कांग्रेसले असार महिनाभित्रै महासमिति बैठक तोक्नेबारेमा तयारी गरेको छ । केन्द्रीय समितिको बैठकले भदौमा महासमितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

बैठकको स्थान र मिति तोक्न अब केन्द्रीय समितिको बैठक बस्नुपर्ने छैन । कांग्रेस नेतृत्वको तयारीअनुसार आगामी भदौको अन्तिममा नभए असोजको पहिलो साता महासमिति बैठक बस्नेछ ।

‘रुपन्देहीको भैरहवा वा काठमाडौंमध्ये एक ठाउँमा महासमितिको बैठक बस्ने तयारी छ । यसमध्ये भैरहवाको सम्भावना बढी रहेको एक नेताले बताए ।

स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा निर्वाचनमा कम्युनिस्ट दलसँग पराजित भएपछि कांग्रेसमा नीति र नेतृत्वको विषयमा पुनर्समीक्षा गर्नुपर्ने विषय उठेका छन् ।

केन्द्रीय समितिको बैठकमा निर्वाचनमा भोगेको पराजयबारे समीक्षा नसकिएपछि यसबारे महासमितिमा समेत छलफल हुने गरी बैठक सकिएको थियो ।

Published : Sunday, 2018 July 1, 11:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया