तरुण दलद्वारा ओली सरकारविरुद्ध प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले महंगी र भ्रष्टाचार बढेको भन्दै काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
काठमाडौंको रत्नपार्कमा बुधबार गरिएको प्रदर्शनमा तरुण दलले अदालत र प्रेश स्वतन्त्रताको सरकारले नै अपमान गरेको आरोप लगाए ।
सैयौँको संख्यामा रहेका तरुण दलका नेता कार्यकर्ताहरूले सरकारविरुद्ध नारावाजी गरेका थिए । विरोधसभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायतले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा अध्यक्ष बस्नेतले महंगीले सर्वसाधारण जनाताको चुल्हो बल्नै नसक्ने अवस्थामा पुग्दा पनि सरकार भने दुईतिहाइको दम्भ देखाएर बसेको अरोप लगाए ।
उनले बामपन्थी सरकारका क्रियाकलाप जनसरोकारका मुद्दामा केन्द्रीत हुनुको साटो राज्यसंयन्त्रको दुरुपयोग गर्नेतर्फ केन्द्रीत हुन थालेकाले तरुणदलले विरोध गर्नुपरेको बताए ।
विरोधसभाअघि तरुण दलका कार्यकर्ताहरू बालाजु, कलंकी, कोटेश्वर, लगनखेल लगायतबाट रत्नपार्क पुगेका थिए । पछिल्लो समय विपक्षी कांग्रेसले सरकारमाथि दवाव बनाउने नीति ल्याएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत