विप्लवका छोरा डाक्टर पढ्दै, अरुका छोराछोरी पढ्ने विद्यालय बन्द गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले भूमिगत भएर चलाएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को गतिविधिले सर्वसाधारण जनताका छोराछोरीको भविष्य अन्धकार बन्ने अवस्थामा पुगेको छ ।

नेकपा निकट विद्यार्थी संगठनसहितका भातृसंस्थाहरूले मोटो रकम चन्दा माग गरेर धम्की, कुटपिट, मोसो दल्ने, जनकारबाही लगायतका गतिविधि गर्दा सर्वसाधारण फेरि आतंकित हुन पुगेका हुन् ।

त्यति मात्रै होइन विप्लव निकटको अखिल क्रान्तिकारीले देशभरिका विद्यालयमा बन्द हड्तालसहितका कार्यक्रम गरेर आतंक मच्चाइरहेको छ । यसबाट सबैभन्दा धेरै साना विद्यार्थीलाई मर्का परेको छ ।

कानून र संविधानविरुद्ध गएर अखिल क्रान्तिकारीले गतिविधि गरेको आरोप प्रहरी प्रशासनको छ ।

नेकपाका महासचिव विप्लवले आफ्ना छोरा प्रकाश चन्दलाई चितवनको एउटा मेडिकल कलेजमा लाखौँ रुपियाँ खर्च गरेर एमबिबिएस डाक्टरको शिक्षा दिइरहेका छन् । लाखौँ रकम खर्च गरेर छोरालाई डाक्टर बनाउँदै गरेका विप्लवले जनताका छोराछोरी पढ्ने विद्यालयहरू भने धमाधम बन्द गराइरहेका छन् ।

विप्लवले छोरा प्रकाश चन्दलाई एमबिबिएस पढाउने लाखौँ रकम कहाँबाट ल्याए भनेर खोजी सुरु भएको छ । प्रकाश पढाइमा अब्बल पनि छैनन् । प्रकाशकै उक्साहटमा चितवनका विद्यालयहरू आइतबारदेखि अनिश्चितकालीन बन्दमा छन् ।

त्यति मात्रै होइन विप्लवले पार्टी निकटको अखिल क्रान्तिकारीलाई असार २० गतेदेखि तीन दिन शैक्षिक हड्ताल गर्न निर्देशन दिएका छन् । त्यति निर्देशनअनुसार पत्रकार सम्मेलन गरेर शैक्षिक आमहड्तालको घोषणा भइसकेको छ ।

जबकि निजी विद्यालयहरूले असार १७ गतेदेखि परीक्षा गराउँदै छन् । परीक्षालाई असर पर्ने गरेर अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल घोषणा गरेको छ ।

राजनीतिक उदेश्य र चन्दाका लागि विप्लवले विद्यालयलाई निशाना बनाएकोमा अभिभावकहरूले आक्राश व्यक्त गरेका छन् । आफ्नो छोरोलाई एमबिबिएस डाक्टर पठाउने अरुका छोराछोरीलाई राजनीति उदेश्यका लागि लडाउने भनेर विप्लवको आलोचना पनि भएको छ ।

एकजना अभिभावकले भने, ‘विप्लव र उनको अखिल क्रान्तिकारीलाई विद्यालयका मालिकसँग चन्दको विषयमा समस्या छ भने मालिकहरूसँग डिल गरे हुन्छन् । विद्यार्थीको पठन पाठनलाई किन अबरोध पु-याउने ?’ विद्यालयको पठन पाठन बन्द गराउँदा लाखौ विद्यार्थी पढ्नबाट बञ्चित हुन्छन् । (दैनिक नेपाल डटकमबाट साभार)

Published : Monday, 2018 June 25, 11:24 am

5 प्रतिकृया प्राप्त “विप्लवका छोरा डाक्टर पढ्दै, अरुका छोराछोरी पढ्ने विद्यालय बन्द गर्दै”

  • बन्द बन्द बन्द नेपाल बन्द सिस्छा बन्द कुनाई पनि राम्रो म मान्दिन र बन्द गर्न पनि हुदैन चेतना भया सब लाई

  • अाफु डा…….. बन्यो अरुका छोराछोरि किन पढ्नु पर्यो र ।

  • Surachhya Nikaya Bekamma bhaye pachhi sthainiya maa Sadhai nai tras ko manobhavanaa hune nai bhayo Ani Teskai Faida yesta tatwo haru le uthaune nai bhaye. Rastra ko dhukuti Katai yestai Hadtal nagarne bhanne kabuliyat gare Sayad tesko antya hunthyo hola!

  • बिप्लब पनि नेपाली सस्कार सस्कृती र माटोमा जन्मे हुर्केका हुन तेसैले गलत ब्याख्या किन गर्ने।हलेदो भनेर जानेपछी नकोट्याए राम्रो हुन्थो

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया