ओलीको चीन भ्रमणले कुनै उत्पात भएको छैनः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरूलाई आफूले सकारात्मक लिएको बताए । उनले बाहिर प्रचार गरिएकोजस्तो कुनै उलटपुलट नभएको बताए ।

डा.महतले भने, ‘प्रधानमन्त्री ओलीको भ्रमणले कुनै पत्पात भएको छैन । चीनसँगको सम्बन्धाई सुधार गर्ने काम मात्रै भएको छ ।’

उनले भने, ‘चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा हो, भ्रमणले धेरै राम्रो संकेत गरेको छ ।’ प्रधानमन्त्रीमा वहाली भएपछि चीन वा भारत भ्रमणमा जाने कुरा त परम्परा नै भएको उनको भनाई थियो ।

उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताको संयुक्त विज्ञप्ति हेर्दा धेरै विषयहरू समेटिएको जनाए । उनले भने, ‘नाकाहरू खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा होइनन्, यी कुरा त राजा महेन्द्रको पालामा र हाम्रो पालामा पनि भएका थिए, कोदारी र रसुवागढी नाका त हाम्रै पालामा खुलेको हो ।’

चीनको ओविआर अवधारणमामा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने, ‘ओविआरमात्रै होइन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ ।’

Published : Sunday, 2018 June 24, 6:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया