हेटौँडाबाट ‘जवान’ बनेर आयो कांग्रेस, जनताकाे मानमा गाेँड लगाउने
काठमाडौं । कम्यनिस्ट पार्टीहरूको मुलुकमा दब्दवा रहेका बेला नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीलाई नयाँ जीवन दिने गरेर २१ बुँदे हेटौँडा घोषणापत्र पारित गरेका छन् ।
असार ५ गतेदेखि मकवानपुरको हेटौँडामा सुरु भएको जिल्ला सभापतिहरूको भेलाको दोस्रो र तस्रो दिन गरी सम्पन्न बन्दसत्रमा सभापतिहरूले राखेका विचारलाई घोषणापत्रमा समेटिएको छ । घोषणापत्रमा तत्काल पार्टी विधान मस्यौदा समिति गठन गरी महासमितिको बैठकको तिथि, मिति र स्थान अविलम्ब तोक्न केन्द्रीय नेतृत्वसमक्ष आग्रह गरिएको छ ।
अनौपचारिक रुपमा गठन गरिएको घोषणापत्र मस्यौदा कार्यदलले तयार पारेको २१ उक्त प्रस्तावलाई काभ्रेका जिल्ला सभापति मधु आचार्यले शुक्रबारको सभामा प्रस्तुत गर्दा सर्वसम्मतिबाट अनुमोदन भएको थियो ।
विगतको निर्वाचन परिणामबारे गम्भीर हुँदै अहिलेका चुनौतीहरूको सामना गर्न एकताबद्ध ढंगले पार्टी नेतृत्व अघि बढ्नुको विकल्प नभएको भेलाको निश्कर्ष रहेको छ ।
भेलाले पार्टीका सबै भातृ निकाय, संघ, संस्थालाई प्रभावकारी बनाउन तथा केन्द्रीय समिति बैठकले राष्ट्रिय जागरण अभियान प्रारम्भ गर्ने भनि गरेको निर्णय अनुरुप तत्काल प्रभावकारी कार्यक्रमसहित यो वर्षलाई ‘प्रशिक्षण वर्ष’को रुपमा देशव्यापी कार्यक्रम अघि बढाउन पनि सुझाव दिएको छ ।
शुक्रबार आयोजित समापन कार्यक्रममा सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावदेखि प्रदेश र प्रतिनिधिसभाको चुनावको टिकट वितरणको क्रममा जिल्ला सभापति र स्थानीय तहलाई अधिकार नदिएर गल्ती भएको स्वीकारोक्ति गरेका थिए ।
विधान मस्यौदा समिति गठनका लागि सभापतिले पटक–पटक नाम माग्दा आलटाल गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको चाहना अनुरुप तत्काल मस्यौदा समिति, केन्द्रीय विभाग गठन गरी पार्टी संगठनलाई गति दिने आश्वासन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
सभापतिहरूको भेलामा निर्वाचनको समीक्षा, संगठनको अवस्थादेखि समसामयिक विषयमा खुलेर छलफलमा उत्रिएका जिल्ला सभापतिहरूले भेलाको निश्कर्ष निकाल्ने क्रममा पनि जिम्मेवारपूर्ण ढंगले घोषणापत्र जारी गरेको शर्माले बताए ।
सभापतिहरूको भेलामा भएको छलफलका आधारमा घोषणापत्रको तयारीका लागि केन्द्रीय समिति सदसयहरू डा.मीनेन्द्र रिजाल, रमेश लेखक, प्रवक्ता विश्वप्रकाश शर्मा, जिल्ला सभापतिहरू हिमालय कर्माचार्य, अजय द्विवेदी, मधु आचार्य, अब्दुल रज्जाक लगायतका नेताहरूको संलग्नतामा अनौपचारिक कार्यदल बनेको थियो ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला – २०७५ द्वारा पारित हेटौंडा घोषणापत्र
नेपाली कांग्रेसले जन्मकालदेखिनै नेपाली जनताको लोकतान्त्रिक हक, अधिकारका लागि खेलेको ऐतिहासिक भूमिकाको सगौरव स्मरण गर्दै जीवन उत्सर्ग गर्नुहुने महान योद्धाहरू एवं आदरणीय नेताहरु वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुप्रति गौरव गर्दछ ।
पछिल्लो कालखण्डमा नेपाली कांग्रेसले दोश्रो जनआन्दोलन ०६२/०६३, शान्ति प्रकृया र अन्तरिम संविधान निर्माण र संविधानसभाको निर्वाचन गर्न सफल नेतृत्व प्रदान गरेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै आदरणीय नेता गिरिजा प्रसाद कोइरालालाई सम्मान पूर्वक स्मरण गर्दछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गरि राष्ट्रिय आवश्यकतालाई सम्वोधन गर्ने कार्यमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय नेता सुशील कोइराला प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ ।
संधिवान कार्यान्वयनको कार्य चुनौतिपूर्ण रहेको तत्कालीन परिस्थितिमा नेपाली कांग्रेसको नेतृत्वमा संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गरि संविधानको कृयाशीलता सुनिश्चितता गर्न सफल पार्टी सभापति एवं तात्कालीन प्रधानमन्त्री श्री शेरवहादुर देउवालाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
सात दशक भन्दा लामो बलिदानी पूर्ण संघर्ष र संविधानसभा मार्फत संविधान निर्माण एवं यसको कार्यान्वयन गर्न नेपाली कांग्रेसले प्रदान गरेको सफल नेतृत्व तथा मूलुकमा उदार लोकतान्त्रिक मूल्य मान्यता स्थापना गर्न प्राप्त आफ्नो राजनीतिक विजय प्रति गौरव गर्दै आगामी दिनमा नेपाली कांग्रेस पार्टीको संगठन थप सबल, सदृढ, आधुनिक एवं प्रभावकारी बनाउने जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेला अठोट गर्दछ ।
१. पार्टी विधानसम्वन्धी बिभिन्न जिल्ला, प्रदेश तथा सामूहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट बिधान संसोधन एवं परिमार्जन हुने कुरामा यो भेला विश्वास ब्यक्त गर्दछ ।
२. विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेला आजका तमाम चुनौतीहरुको सामना गर्न एकताबद्ध भै सशक्त ढंगले अघि बढ्ने संकल्प गर्दछ ।
३. केन्द्रिय समितिको बैठकले “राष्ट्रिय जागरण अभियान” प्रारम्भ गर्ने निर्णय गरे अनुरुप आवस्यक कार्यक्रम तर्जुमा गरी अविलम्ब राष्ट्रव्यापी रुपमा संचालन गर्न तथा यो पूरै वर्षलाई “प्रशिक्षण वर्ष” को रुपमा अघि बढाऊन पार्टी केन्द्रलाई यो भेला अनुरोध गर्दछ ।
४. जिल्ला सभापतिहरूको समेत प्रतिनिधित्व हुनेगरी अबिलम्ब बिधान मस्यौदा समिति गठन गर्न केन्द्रीय कार्य समितिलाई यो भेला अनुरोध गर्दछ ।
५. महासमितिको बैठकको स्थान र मिति अबिलम्ब तोक्न यो भेला केन्द्रीय कार्य समितिलाई हार्दिक अनुरोध गर्दछ ।
६. प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्ने व्यवस्थाका लागि यो भेला अनुरोध गर्दछ ।
७. पार्टी भित्र आन्तरिक सम्वाद घनिभूत गर्दै पारस्परिक एकता, सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रकृयालार्इ अक्षरश कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन पार्टी नेतृत्व समक्ष यो भेला हार्दिक अनुरोध गर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत