सरकारी खर्चमा ‘नेकपा’का नेताहरूलाई बालुवाटारभित्रै भोजभतेर
काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (ने क पा)को स्थायी समितिको बैठक सम्पन्न भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले सदस्यहरूको स्वागतमा रात्रिकालीन भोजको आयोजना गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अबेर राति सम्पन्न स्थायी समितिको बैठकपछि ओलीले सदस्यहरूलाई रात्रिकालीन भोजमा सरिक गराएको उच्च स्रोतले जनाएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि पहिलो पटक स्थायी समितिको बैठक बसेको हो ।
स्थायी समितिका सदस्यहरूलाई सरकारी खर्चमा रात्रिभोज खुवाएको एक नेताले बताए ।
रात्रिकालीन भोजमा सरिक हुनुभन्दा केही समय अगाडि प्रधानमन्त्री एवम् अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र बेदुराम भुसालले एउटै टेबुलमा बसेर चिया पिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत