कम्युनिस्ट सरकारद्वारा दाङको राप्ती गाउँपालिकाको कार्यक्रम कटौती

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले दाङको राप्ती गाउँपालिकामा खानेपानीको कुनै पनि कार्यक्रम नराखेको खुलासा भएको छ ।

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको बहुमत भएका कारण कम्युनिस्ट सरकारले खानेपानीको कार्यक्रम नै नराखेको हो । राप्ती गाउँपालिकामा मात्रै नभइ कांग्रेसले जितेका अधिकांश गाउँपालिका र नगरपालिकाहरूमा विकासका धेरै कार्यक्रमहरू राखिएका छैनन् । कार्यक्रमहरू कटौती गरिएका छन् ।

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा नुमानन्द सुवेदी र उपाध्यक्षमा जगदम्बा चौधरी निर्वाचित भएका छन् । गाउँपालिकाका अधिकांश वडाहरूमा नेपाली कांग्रेसले जितेको छ ।

राजनीतिक पूर्वाग्रही राखेर गाउँपालिकामा खानेपानीको कुनै पनि कार्यक्रम नराखिएको आरोप छ ।

नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगा चौधरी सत्वगौँवाले बुधबारको संसद बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा राप्ती गाउँपालिकामा खानेपानीको कुनै पनि योजना किन नराखेको भनेर प्रश्न उठाएकी थिइन् । यो गाउँपालिकामा सांसद चौधरीको घर पर्छ ।

खानेपानी मन्त्रालय तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरले सम्हाल्दै आएकी छिन् ।

Published : Thursday, 2018 June 14, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया