सरकार अधिनायकवादतिर उन्मुखः डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिएको बताएका छन् ।

विराटनगरस्थित आफ्नो निवासमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा.कोइरालाले भने, ‘वर्तमान सरकारले विकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको संकेत गर्दैछ ।’

उनले सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको आरोप लगाए ।

कांग्रेस पनि विकास र समृद्धिको पक्षमा रहेको उनले बताए । तर, विभिन्न बहानामा सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेसले खबरदारी गर्ने उनले बताए ।

मन्त्रीहरूमा अनुगमन गर्ने होड चलेको भन्दै उनले उनीहरूलाई ‘अनुगमन मन्त्री’को संज्ञा दिए ।

मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी वेथिति बढाउनेलाई आवश्य कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाव दिए ।

Published : Wednesday, 2018 June 13, 11:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया