पाल्पामा बस दुर्घटना, एघार यात्रुको मृत्यु

बुटवल । पाल्पाको रम्घा गाउँपालिकाको हुमिनमा बस दुर्घटना भएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

तानसेनबाट रामपुरका लागि छुटेको लु २ ख ९७५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । आर्यभञ्ज्याङ र रामपुरको बीचमा पर्ने हुमिनमा बस दुर्घटना भएको हो ।

३ जनाको घटना स्थलमा र बाँकीको उपचारका क्रममा मृत्यु भएको प्रहरी भनाइ छ । घाइतेहरूको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।

मृत्यु भएका ११ जनाकै सनाखत भइसकेको छ । मृत्यु हुनेमा विष्णुमान बज्राचार्य, देवेन्द्र प्रधान, छत्रमान शाक्य, कृष्णमान बज्राचार्य, लोकप्रसाद ढकाल, सशील श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, बसन्ती खाँण, गीता बुढाथोकी, सचिन बज्राचार्य रहेका छन् ।

Published : Friday, 2018 June 1, 12:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया