कम्युनिस्टविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो भेला
काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भए लगत्तै रणनीति बनाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला बोलाएको छ ।
कांग्रेसले असार पहिलो साता मकवानपुर जिल्लाको हेटौँडामा जिल्ला सभापतिहरूको बेला बोलाएको हो । कांग्रेसद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार असारको ५, ६ र ७ गते हेटौँडामा तीन दिनसम्म भेला चल्नेछ ।
भेलामा निर्वाचनको समीक्षा, भावी योजनालगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको घमण्ड र अहंलाई कसरी सामना गर्ने भन्नेबारेमा पनि रणनीति बन्नेछ ।
Published : Sunday, 2018 May 20, 6:43 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत