घर फर्किसकेका मोदीको यसरी नक्कल गर्दै छन् ओली
काठमडौं । प्रधानमन्त्री केपी ओलीले नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुजराती भाषामा धन्यवाद दिएका छन् ।
आइतबार ओलीले गुजराती भाषामा ट्वीट गर्दै मोदीलाई धन्यवाद दिएका हुन् । शुक्रबार जनकपुरबाट नेपालको दुई दिने भ्रमण सुरु गरेका मोदी शनिबार साँझ स्वदेश फर्किएका थिए ।
मोदीले नेपाली भाषामा छोटो भाषण र ट्वीट गरेको सिको गर्दै ओलीले पनि गुजराती भाषामा ट्वीट गरेर मोदीलाई धन्यावाद दिएका हुन् । ओलीको यो शैलीका आलोचकहरूले सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरेका छन् ।
मोदीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतका प्रतिनिधिमण्डलबीच समेत विभिन्न विषयमा छलफल भएको थियो । ओली र मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा उद्घाटन समेत गरेका छन् ।

ओलीलाई प्रदेश २ को सरकारले जनकपुरमा नागरिक अभिन्दन गरेको थियो । मोदीको यो भ्रमण राजनीतिक रुपमा महत्वपूर्ण भए पनि उनले भने आफ्नो भ्रमण धार्मिक यात्रामा केन्द्रित भएको बताएका थिए । नेपाल भ्रमणका क्रममा मोदीले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजापाठसमेत गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत