उपेन्द्र यादवले पनि छाडेनन् ओलीलाई, नाङ्गे झार बनाइ छाडे

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले जनकपुर जाँदा मोदीलाई देखाउनका लागि राजस्थानी पोसाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरेको आरोप लगाएका छन् ।

जानकी मन्दिरमा पूजा गर्नका लागि प्रम ओली र भारतका प्रम नरेन्द्र मोदीले एउटै रङ र बनावटको पोसाक लगाएका थिए । उक्त पोषाक भारतको राजस्थानी भएको भन्दै यादवले आलोचना गरे ।

अध्यक्ष यादवले विगतमा तराई मधेशलाई गाली गर्ने ओलीको राष्ट्रियता नाङ्गिएको बताए ।

‘त्यो मिथिलाको पोषाक होइन, मधेशको होइन, नेपालकै होइन । राजस्थानको हो । जुन टाउकोमा बाधिएको थियो नि, त्यो राजस्थानको ड्रेस हो । राजस्थान भारतमा पर्छ । खोक्रा राष्ट्रवादी कुरा गरेर हुँदैन’, यादवले भने ।

‘पोषाक जुनसुकै लगाउनुस्, तर खोक्रो राष्ट्रवादको ढ्वाङ नपिट्नुस् । वास्तविकतामा आउनुस्’ यादवले ओलीलाई चुनौती दिए ।

मोदीसँगको आफ्नो भेटमा दुई देशबीचको मित्रता, नेपालको समृद्धि र विकास सम्बन्धमा कुराकानी भएको बताए ।

नेपालको समृद्धि र विकासमा भारतको समयोगसँगै परस्पर मित्रता र सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको यादवले बताए ।

‘भारतका प्रधानमन्त्री मोदीले नेपालको लोकतन्त्र, शान्ति, समृद्धि र विकास नै चाहेको मैले पाएँ’, यादवले भने ।

नेपाल–भारतबीचको सम्बन्ध अत्यन्तै राम्रो हुनुपर्छ भन्ने पक्षमा आफु रहेको उनको भनाई छ ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले आन्तरिक समस्या मोदीसमक्ष प्रकट गरेको भन्ने आरोपको यादवले खण्डन गरे ।

‘प्रदेश सरकारले आन्तरिक कुरा नै राख्ने हो । अन्तराष्ट्रिय कुरा राख्दैन । प्रदेश नम्बर दुईमा केन्द्र सरकारले अति नै गरेको छ’, यादवले भने ।

मोदीको स्वागतमा केन्द्र सरकारबाट चारजना मन्त्री पठाएर प्रदेश सरकारको अधिकार खोसेको उनको आरोप छ ।

Published : Sunday, 2018 May 13, 12:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया