ओली र प्रचण्डभन्दा कांग्रेसका नेताहरू यस कारण पारदर्शी छन्
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र शीर्ष नेताहरूले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
काठमाडौंको एक होटेलमा भारतीय प्रधानमन्त्री मोदीसँग सभापति देउवासहितका नेताहरूले भेटेका हुन् । भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा.प्रकाश शरण महत, विजयकुमार गच्छदार, कोषाध्यक्ष सीतादेवी यादव सहभागी रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसका नेताहरूले कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रका नेताहरूले जस्तो एक्ला एक्लै मोदीलाई भेटेनन् । उनीहरूले सामूहिक रुपमा मोदीसँग भेट गरेर दुई मुलुकको सम्बनधबारेमा कुराकानी गरेका हुन् ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्तो कांग्रेसका नेताहरूले मोदीलाई एक्लै नभेटेका हुन् ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरेका छन् । भेटका क्रममा दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा छलफल भएको बताइएको छ ।
राजपा नेपालका नेताहरूले पनि भारतीय प्रधानमन्त्री मोदीलाई भेट गरेका छन् । राजपा नेपालका संयोजक महन्थ ठाकुरसमेतका नेताहरूले मोदीसँग भेट गरेका हुन् ।
1 प्रतिकृया प्राप्त “ओली र प्रचण्डभन्दा कांग्रेसका नेताहरू यस कारण पारदर्शी छन्”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Nepal ma ailey ko kunai pani party le bikash gardaina …
Yesko lagi pheri euta ekdam ramro party ani leader ko jaruri x ….
Congress ni tye bari ko saag ho …..