ओलीले दिए प्रचण्डलाई फेरि झट्का, जेठ ३ गतेका लागि मिल्यो कुरा
काठमाडौं । लामो प्रयास र छलफलपछि एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते पार्टी एकीकरण हुने भएको छ ।
एमाले नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलका अनुसार आगामी जेठ ३ गते दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो । जेठ ३ गते मदन भण्डारीको स्मृति दिवस पर्छ । एमालेको प्रस्तावमा माओवोवादीले यो मितिलाई स्वीकार गरेको हो ।
प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको छलफलमा दुई पार्टीको एकता जेठ ३ गते नै गर्ने सहमति भएको पोखरेलले बताए ।
यता, माओवादी केन्द्रका नेताहरूले मदन भण्डारी एमालेका लागि सम्मानित व्यक्तित्व भए पनि त्यो दिन पार्टी एकीकरण गर्न नहुने सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।
मदन भण्डारीको स्मृति दिवसका दिन पार्टी एकीकरण गर्ने हो भने एमालेले माओवादीलाई पार्टी बिलय गराएको आरोप लगाउने टिप्पणी भएका छन् ।
1 प्रतिकृया प्राप्त “ओलीले दिए प्रचण्डलाई फेरि झट्का, जेठ ३ गतेका लागि मिल्यो कुरा”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

छिटोभन्दा छिटो घोषणा गर्नु पर्यो , झारो टारेर अरुलाइ दोष थुपार्ने कार्यको छिटो अन्त्य होस ।