एमालेसँग झुकेर पार्टी एकता हुँदैनः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुने गरेर एमालेसँग पार्टी एकीकरण नगरिने बताएका छन् ।

काठमाडौंमा सोमबार वाइसियल नेपाल केन्द्रीय स्कुलिङ बिभागको आयोजनामा आयोजित कार्यक्रममा दाहालले जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादीबीच एकता नहुने बताए ।

दाहालले उद्देश्य प्राप्तिको लक्ष्य लिएको पार्टी, बैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका खेल्दै समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यात्राको क्रममा थकान मार्ने र निरन्तर आगाडि बढ्ने भन्दै उनले वाइसिएल नेपाल पुनर्गठन भएपछि सक्रिय भूमिका निभाउदै अग्रगामी सोच तथा कार्यक्रमको विकास भएको बताए ।

पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको अध्यक्ष दाहालको भनाइ थियो ।

Published : Monday, 2018 May 7, 6:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया