मोदीलाई खुसी पार्न ओली सरकारले दियो राष्ट्रघाति सुविधा, कांग्रेस कैयौँ गुणा राष्ट्रवादी
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले भारतीय दूतावासले नेपालमा ५ करोड सम्मको सिधा लगानी गर्ने योजनालाई रोकेको थियो ।
तर, एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले कांग्रेस सरकारले रोकेको त्यो कार्यक्रमलाई खोलिदिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउनु केही दिन अगाडि राष्ट्रवादी ओलीले भारतलाई साना परियोजनाहरूमा लगानी गर्ने अनुमति दिएका हुन् ।
भारतीय राजदूतावासबाट पाँच करोड रुपियाँसम्म विभिन्न योजना गर्न पाउने अनुमति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको समयमा रोकिएको थियो ।
‘अहिले राष्ट्रवादीको सरकार भएको समयमा सबै अनुमतिहरू किस्तीमा राखेर दिइँदैछ’, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भनेका छन्, ‘यी निर्णयहरू प्रधानमन्त्री केपी ओलीलाई थाहा हुँदैन की ? भिजिलान्ते जन्माउने यी योजना कति दुःखदायी हुन्छन् स्वाभीमानीहरूलाई मात्र थाहा हुन्छ । च्याखे थापेर बस्ने मग्न्तेहरूलाई के थाहा ?’
साना परियोजनामा भारतले सिधै लगानी गर्दा त्यसले नेपालको राष्ट्रियता र सार्वभामिकतामाथि आघात पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बताए । ‘भारतसँग ठूला परियोजना र विकास निर्माणमा सम्झौता गर्नुपर्छ’, गिरीले भने, ‘पाँच करोडका साना खुद्रे कार्यक्रमले देशलाई बर्वाद बनाउँछ ।’
भारतले देउवा सरकारसँग त्यस बेला पाँच करोडसम्मको लगानी सिधै गर्न पाउनुपर्ने भन्दै दवाव दिएको थियो । तर, देउवाले भारतको दवावलाई अस्वीकार गरिदिएका थिए ।
2 प्रतिकृया प्राप्त “मोदीलाई खुसी पार्न ओली सरकारले दियो राष्ट्रघाति सुविधा, कांग्रेस कैयौँ गुणा राष्ट्रवादी”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

मुखमा रामराम बगलीमा छुरा भनेको यै त हो?
भुकने कुकुर टौकदौन
चिला चिपला कुराले देश बनदैन