एमालेकी नवीना लामाको शरीरमा आधा किलो सुनका गहना

काठमाडौं । एमाले निकट अनेरास्ववियुकी अध्यक्ष एवम् सांसद नवीना लामाले धुमधामका साथ नेपाली सेनाको जंगी अड्डाभित्र विवाह र भोज दिएर सम्पन्न गरेकी छिन् ।

उनको विवाह त सम्पन्न भयो तर, उनले विवाहको आन्तरिक कार्यक्रममा शरीरले धान्नै नसक्ने गरेर लगाएको झण्डै आधा किलो सुनका गहनाको चर्चा हुन थालेको छ । एमालेका केही नेताहरूले सामाजिक सञ्जालमा लामाले लगाएको गहनाको तस्बिर पोस्ट गरेर ‘हुने ले त लाउने हो’ भनेर आलोचना गरेका छन् ।

विवाहको बधाइ दिने समारोहमा साधारण दुलहीको पहिरनमा रहेकी लामाले गहना भने लगाएकी थिइनन् । तर, उनले विवाहको आन्तरिक कार्यक्रममा ढपक्कै सुनका गहनाले भरिएकी थिइन् । उनको यो कार्यको ढोँगी भन्दै आलोचना भएको छ ।

एमालेकी सांसद लामाले लगाएको गहनाको तस्बिर लिक भएको छ । एमाले अखिलकै एक नेताले लामाले शरीर ढाक्ने गरेर लगाएको गहनाको तस्बिर सामाजिक सञ्जालमा राखेर सबैलाई चकित तुल्याइ दिएका छन् ।

विवाहमा साधारण खानेकुरा खुवाएको तथा विवाह खर्च जोगाएर एकलाख मिर्गौला रोगीलाई दिएको भनेर सस्तो लोप्रियता कमाएकी एमाले नेतृ लामाको यो कार्यको एमालेकै नेताहरूले आलोचना गरेका छन् ।

साधारण भनिएको लामाको विवादहमा ३ हजारभन्दा धेरै पाहुनालाई बोलाइएको थियो । पाहुनालाई मिठाइ, समुसा, तरिकारीसहितका विभिन्न परिकारहरू खुवाएको थियो । लामाले सैनिक मुख्यालयमा विवाहको कार्यक्रम राखेकोमा पनि आलोचना भएको छ ।

Published : Friday, 2018 April 27, 11:29 am

2 प्रतिकृया प्राप्त “एमालेकी नवीना लामाको शरीरमा आधा किलो सुनका गहना”

  • This is someone’s personal interest. I don’t think it has to do anything political party. If you have any doubts that this lady is part of corruption, just go for legal actions.

  • यो कसैको इच्छाको कुरा हो कमेन्टको खासै आवश्यक लाग्दैन ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया