क्याबिनेटमा ओलीले यसरी दिन्छन् मन्त्रीहरूलाई दण्ड
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै मन्त्रीहरूलाई विभिन्न कारणले दुःख दिने क्रम बढाएका छन् ।
वाम गठबन्धनको सरकार बनेपछि हौसिएका ओलीले मन्त्रीहरूको सातो लिन थालेका हुन् । उनले मन्त्रिपरिषद्को हरेक बैठकमा मन्त्रीहरूलाई दुई घण्टासम्म कुराउने गरेका छन् ।
प्रधानमन्त्रीको यो कार्यशैलीबाट माओवादी केन्द्रका मन्त्री मात्र नभइ स्वयं एमालेका मन्त्रीहरू पनि आजित बनेका छन् ।
‘मन्त्रिपरिषदको बैठक भनेर बोलाइन्छ । प्रधानमन्त्रीज्यूले दुई घण्टासम्म कुराइदिनु हुन्छ’, माओवादी केन्द्रका एक मन्त्रीले भने,‘मन्त्रिपरिषद बैठकमा ढिला आउनु हुन्छ । त्यसपछि गफ दिन थाल्नु हुन्छ । हामी त हैरान भइसकेका छौँ ।’ ती मन्त्रीका अनुसार प्रधानमन्त्री जस्तो व्यक्तिलाई केही भन्न नमिल्ने भएका कारण ओलीको यातना सहनु परेको बताए ।
मन्त्रिपरिषद् बैठकमा ओली अन्य मन्त्रीहरूलाई आ–आफ्ना मन्त्रालयहरूका एजेण्डा पनि राम्रोसँग पेश गर्न नदिने गरेको मन्त्रीहरूको गुनासो छ ।
‘प्रधानमन्त्री आउनु हुन्छ र विभिन्न थरीका भाषण र उखान टुक्का भन्न थाल्नु हुन्छ’, स्रोतले भन्यो, ‘उठ्ने बेला पनि सबै मन्त्रीलाई बस्नोस् भनेर नानाथरी कुरा सुनाउनु हुन्छ ।’ धेरै मन्त्रीहरूले ओली समक्ष कुनै पनि कुरा राख्न सक्दैनन् । सबै डराउँछन् ।
सचिवहरुको सरुवामा हस्तक्षेप गरेर विवादमा तानिएका प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई जथाभावी निर्णय नगर्न निर्देशन दिएका छन् ।
उनले मन्त्रीहरूले गर्ने गलत कामको सूची तयार पारेर आफूलाई बुझाउन सचिवहरूलाई निर्देशन नै दिएका छन् । यति मात्रै होइन प्रधानमन्त्री ओलीको सिको गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अर्काको मन्त्रालयमा हस्तक्षेप गर्न पुगेका छन् ।
सस्तो लोकप्रियताको नाममा मन्त्री पण्डितले भूमिसुधार मन्त्रालयको कार्यालयमा गएर छड्के गरेका छन् । मन्त्री पण्डितले हस्तक्षेप गरेको भन्दै माओवादी मन्त्रीहरू रिसाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत