भारत समक्ष ओलीको लम्पसारवाद : कांग्रेस नेता यादव

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री नहुँदै हेलिकप्टर चढेर धुञ्चे जाने केपी ओलीले जनतालाई ठगेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, ‘जुन अडान राखेर मतदातासँग केपी ओलीले भोट माग्नुभयो । भारतमा पुगेर लम्पसार बनेर सबै अडान त्याग्नुभयो ।’ ओलीले राष्ट्रवादको नाममा मतदाताहरूलाई ठगेको उल्लेख गरे ।

‘केपी ओली दिल्लीमा लम्पसार बन्न जानुभयो’, उनले भने, ‘अरु प्रधानमन्त्री दिल्ली जाँदा आलोचना गर्ने केपी ओलीलाई के भन्ने ?’

‘प्रधानमन्त्री नहुँदै धुञ्चे जानुभयो । अहिले कता जानुभयो ?’, प्रश्न गर्दै यादवले भने, ‘केपी ओलीले सबै अडान त्याग्नुभएको छ । उहाँको नक्कली राष्ट्रवादी भताभुङ्ग बनेको छ ।’

‘जुन उदेश्यका लागि भोट माग्नुभयो त्यो अडानमा बस्न सक्नुभएन’, उनले भने, ‘जनतालाई ठग्नुभयो । उहाँले भारतमा के–के गरेर आउनुभयो खुल्दै जानेछ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रवादको नक्कली खोल ओडेको नेपाली कांग्रेसका नेता यादवको आरोप थियो ।

Published : Saturday, 2018 April 21, 11:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया