एमाले समक्ष झुक्यो माओवादी, ‘सूर्य’ चिन्हमा सहमति
काठमाडौं । माओवादी केन्द्रले अडान छाडेपछि एमालेको चुनाव चिन्ह सूर्य नै एकीकृत नयाँ कम्युनिष्ट पार्टीका चुनाव चिन्ह हुने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा माओवादी केन्द्रले चुनाव चिन्हको अडानबाट पछाडि हटेको एमालेका नेताहरूले बताएका छन् ।
एमालेले सूर्य र माओवादीले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राख्दै आएको थियो । तर, अब माओवादीले सूर्य चिन्ह नै स्वीकार गरेपछि यो विवाद समाधान भएको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य ईश्वर पोखरेलले चुनाव चिन्हका बारेमा कुनै विवाद नरहेको र सूर्य चिन्ह नै सदर भएको जानकारी दिए ।
‘हामीबीच एकताका लागि ठूलो विवाद छैन । निर्वाचन चिह्न त विवादको विषय नै होइन । मिलिसक्यो’, पोखरेलले भने, ‘अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्को संयोजन समितिको बैठकले निर्णय गर्नेछ ।’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘वैशाख ९ गते एकता घोषणा हुनेमा केही प्राविधिक समस्या देखिएको छ ।’
दुई दलबीच केन्द्रीय समितिमा रहने अनुपात ५०–५० हुनुपर्ने माग माओवादी केन्द्रबाट आएको नेताहरूले स्वीकार गरेका छन् ।
एमालेका महासचिव पोखरेलले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार गरेर एकतापछि एमाले र माओवादी केन्द्र नरही नयाँ दल बन्ने भएकाले ‘जनयुद्ध’लाई हेर्नेजस्ता विवादमा नअल्झिई उन्नत चेतनाका साथ अघि बढ्न माओवादीलाई आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत