माओवादीसँग पार्टी एकीकरण नहुँदै विभाजन भयो एमालेको युवा संघ

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका बेला एमालेको भ्रातृ संगठन युवा संघ नेपालमा विभाजन भएको छ ।

वरिष्ठ नेता माधव नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेको छ । नेपाल समूहले मंगलबार चार बजे पत्रकार सम्मेलन गरेर युवा संघ विभाजनबारे औपचारिक जानकारी दिइने सचिव नरेश शाहीले जानकारी दिए ।

युवा संघका अध्यक्ष राजीव पहारी, पूर्वअध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न सक्रिय रहेको ठहर गर्दै नेपाल समूहले समानान्तर कमिटी गठन गरेको शाहीले बताए ।

युवा संघलाई राजनीतिक संगठनभन्दा मागीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । नेपाल समूहमा युवा संघबाट उपाध्यक्ष दिलु पन्त, सचिव नरेश शाही, क्रान्ति बुर्लाकोटीलगायत छन् ।

यसअघि पनि केपी ओली र माधव नेपाल समूहको आन्तरिक द्वन्द्वले गर्दा युवा संघ पटक पटक विभाजन हुँदै मिल्दै आएको छ ।

Published : Tuesday, 2018 April 17, 11:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया