एमालेसँग आत्मसमर्पण नगर्न वाईसीएलको चेतावनी, संकटमा पुग्यो एकीकरण

काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एमालेसँग आत्मसमर्पण नगर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिएको छ ।

वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द राख्न माग गरेको छ । त्यति मात्रै होइन वाईसीएलले केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियतको लागि पनि प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

फ्याक्सन इन्चार्ज मणि थापासहित अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर वाईसीएलले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो ।

वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले जनयुद्धविना र बराबरी विनाको एकता नस्वीकार्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको बताए ।

जनयुद्ध र बराबर हैसियतमा सहमति हुन्छ भने वैशाख ९ गते नै एकता हुन्छ अन्यथा एमालेसँग पार्टी एकता नहुने उनले बताएका छन् ।

अध्यक्ष संयोजक सापकोटाका अनुसार प्रचण्डले पनि वाईसीएलको धारणा माओवादी नेता–कार्यकर्ता र शुभेच्छुकहरूको पनि हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताएका थिए ।

वाईसीएल महासचिव सुवोध शेर्पालीका अनुसार एकीकृत पार्टीको अध्यक्ष दुईजना नराख्न पनि नेतृत्वको ध्यानाकर्षण गराइएको थियो । तर, त्यसलाई भने प्रचण्डले स्वीकार गरेनन् ।

माओवादी र एमालेबीच जनयुद्ध शब्द, चुनाव चिह्न र केन्द्रीय समितिमा रहने संख्याको विषयमा विवाद छ ।

विादका कारण यही वैशाख ९ गते हुने भनिएको पार्टी एकता घोषणा पनि अन्योलमा परेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता टुंगो लगाउने भनिए पनि दुई दलबीच औपचारिक रुपमा अझैसम्म बैठक हुन सकेको छैन ।

Published : Sunday, 2018 April 15, 11:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया