भारतका हाइप्रोफाइल व्यक्तिहरू किन पुगे डोल्पा ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतको राजकीय भ्रमण सकेर आएको एकसाताभित्रै नेपालका लागि भारतीय पूर्वराजदूतहरू नेपाल–चीनबीच सीमा जाडिएको जिल्लामा पुगेका छन् ।
पूर्वराजादूतहरू रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पा जिल्ला पुगेका हुन् । प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनको बहाना बनाएर भारतीय पूर्वराजदूतहरू त्यहाँ पुगेको स्रोतले जनाएको छ । उनीहरू डोल्पा जानुको खास उदेश्यका बारेमा केही बताइएको छैन ।
स्रोतका अनुसार भारतीय पूर्वराजादूतहरूले डोल्पामा फ्रितिब्बतको अभियानमा लागेका निर्वासित धर्मगुरु दलाई लामाका विशेष दूतहरूलाई भेट्ने उच्च स्रोतले जनाएको छ ।
‘प्रधानमन्त्री ओलीज्यूको भारत भ्रमण भरखरै सक्किएको छ । भारतसँग उहाँको व्यक्तिगत सम्बन्ध सुधार भएको छ’, स्रोतले भन्यो, ‘तीनजना भारतीय पूर्वराजदूतलाई चीनसँग सीमा जोडिएको जिल्लामा जान दिनुले केही विशेष अर्थ राख्छ ।’
हुन त यसअघि नेपालस्थित भारतीय राजदूतावास तीन करोड ३३ लाख खर्च गरेर त्रिपूरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिदिएको पनि थियो ।
तीनैजना राजदूत जुफाल, त्रिपुराकोट, दुनै, धो ताक्सी, शे फोक्सुन्डो ताल भएर जुफालहुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । डोल्पामा उनीहरू आधा महिना अर्थात १५ दिनेसम्म बस्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत