यी हुन् खुमबहादुर सिध्याउने कांग्रेसीहरू, सतवरियामा चुहाए गोहीको आँशु

काठमाडौं । नेपालका लागि तत्कालीन भारतीय राजदूत रणजित राय (रञ्जित राय)लाई साँक्षी राखेर नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई उपसभापति बनाउने भनेर हालका सभापति शेरबहादुर देउवाले लिखित सहमति गरेका थिए ।

त्यस वापत खड्काले सभापतिमा देउवालाई सहयोग गर्नुपर्ने थियो । देउवाले सभापतिमा पनि जिते । तर, खड्कालाई उपसभापति बनाउन कहिल्यै चाहेनन् ।

तर, तत्कालीन राष्ट्रपति रामवरण यादव, विमलेन्द्र निधि, डा.प्रकाश शरण महत, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, राधेश्याम अधिकारी, प्रकाशमान सिंह, दिलबहादुर घर्तीसहितका नेताहरूको दवावले देउवाले पूर्वसहमतिअनुसार खड्कालाई उपसभापति दिएनन् ।

त्यति मात्रै होइन सभापति देउवाले खुमबहादु खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा पनि कुनै सहयोग गरेनन् । बरु देउवा र उनको गुट तथा वरिष्ठ नेता रामचन्द्र पौडेलहरूले खुमबहादुरलाई सिध्याउन सक्रिय भए ।

खुमबहादुरलाई उपसभापति बन्न नदिनेमा वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि ठूलो योगदान छ । खुमबहादुरलाई उपसाभपति बनाउन देउवाले कहिल्यै चाहेनन् ।

खुमबहादुरकै सहयोगमा सभापति जितेका देउवा अहिले कमजोर बनेका छन् । खुमबहादुरको साथ नभएपछि पाँच वटा भातृ संस्थाबाट देउवाले पकड गुमाउनु परेको छ । त्यसको फल अव देउवाले ठाउँ ठाउँमा भोग्नु पर्नेछ ।

खुमबहादुरकै गृहजिल्ला सतवरियामा बुधबार आयोजित १३औँदिनको पुन्यतिथिमा श्रद्धाञ्जलि दिन पुगेका नेताहरूले गोहीको आँशु चुहाउँदै स्मरण गरे । उनीहरूले खुमबहादुरको सपना साकार पार्ने प्रतिवद्धता जनाए ।

जीवित हुँदासम्म खुमबहादुरलाई सिद्धाउन सबै मिलेका कांग्रेस नेताहरूले लाज नमानेर खुमबहादुरप्रति श्रद्धाञ्जलि दिइरहेका थिए । बुधबार श्रद्धाञ्जलि दिन मञ्चमा बसेका कांग्रेस नेताहरूले नै खुमबहादुरलाई भ्रष्टाचारको मुद्धा लगाएर सिध्याउन ठूलो भूमिका खेलेको आरोप छ ।

श्रद्धाञ्जलि सभामा अभिव्यक्ति दिने सबै कांग्रेस नेताहरूले खुमबहादुरको निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताउन समेत भ्याए । तर, खुमबहादुरलाई सिद्धाउन खेलेको भूमिका भने उनीहरूले भुले ।

कम्युनिस्ट पार्टीप्रति कठोर स्वभाव भएका खुमबहादुर नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई संरक्षण गर्न महिर थिए । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म खुमबहादुरलाई कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताले मन पराउँथे ।

हकी स्वभावका खुमबहादुरसँग देउवा, पौडेल, सिटौला र स्वयं कोइराला परिवार सशंकित थियो । खुमबहादुरको लोकप्रियताबाट डराएर गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासहितका नेताहरूले भ्रष्टाचारको मुद्दामा फसाएको अहिले पनि राजधानीमा चर्चा हुने गरेको छ ।

सभापति देउवा, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, डा.प्रकाश शरण महतसहितका दर्जन केन्द्रीय नेताहरू श्रद्धाञ्जलि सभामा सहभागी भए । खुमबहादुरको प्रसंशा गरे तर उनलाई फसाएको कुरा धेरैले भुले ।

यद्यपि कार्यक्रममा डा.शेखर कोइरालाले इमान्दारिताका साथ खुमबहादुरलाई भ्रष्टाचारको मुद्दा लागेका बेला कांग्रेस पार्टीले बचाउनेतिर कुनै भूमिका नखेलेको तितो सत्य पोखेका थिए ।

दाङ कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरू डा।प्रकाशशरण महत, दीपक गिरी, शंकर भण्डारी, मोहन बस्नेत, देवेन्द्रराज कँडेल, पार्वती डिसी चौधरी, किशोर सिंह राठोर, सांसद विमला नेपाली, पूर्वसांसद राजु खनाल र योगेन्द्र चौधरीको उपस्थिति रहेको थियो ।

त्यसैगरी, प्रदेश सांसदडिल्लीबहादुर चौधरी, प्रदेश सचेतक बलदेव शर्मा पोख्रेल, अर्जुन श्रेष्ठ, सुरेन्द्र हमाल, निर्मला क्षत्री, अमरबहादुर डाँगी, फकुलु उद्धिनखान, याकुप्रसाद खान, सर्वतआरा खातुन, भुवनेश्वर चौधरी, बुद्धिराम भण्डारी, सुशीला चौधरी, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिह महर, नेपाल जनमुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष ठाकुर रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नरेशजंग राना, खुमबहादुरका गुरु निमकान्त दाहाल, कांग्रेसका क्षेत्रीय सभापतिहरू भेषराज पाण्डे, गिरिराज सुवेदी, भुपबहादुर डाँगी, जगत खडका र घनश्याम ढकाल कांग्रेस दाङका पूर्व सभापति गेहेन्द्र गिरी, घनश्याम रेग्मी, वीरकेशरी गौतम, नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसी, त्रिलोकप्रताप सेन, एमाले दाङका अध्यक्ष टीकाराम खड्का, एकीकृत माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्यलगायतले खडकाप्रति श्रद्धाञ्जलि दिएका थिए ।

Published : Wednesday, 2018 April 11, 9:54 pm

1 प्रतिकृया प्राप्त “यी हुन् खुमबहादुर सिध्याउने कांग्रेसीहरू, सतवरियामा चुहाए गोहीको आँशु”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया