चीनले ओलीलाई निम्तो पठाएन, भारत भ्रमण बिथोल्न राजदूत सक्रिय
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भारतले चैत २३ देखि २५ सम्म भ्रमणको निम्तो दिइसकेको छ ।
ओलीकै ग्राण्ड डिजाइनमा भारतले यो मिति प्रस्ताव गरेको हो । ओली पनि दिल्ली भ्रमणका लागि आतुर देखिएका छन् । तर, ओलीको भारत भ्रमणलाई लिएर चीनको टाउको दुख्न सुरु भएको छ ।
चीनले एमाले र माओवादी केन्द्रलाई एक ठाउँमा ल्याएर झण्डै दुईतिहाई बहुमतको नजिक पुर्याइदिएको थियो । त्यसैले पनि चीन ओलीले पहिला बेइजिङको यात्रा गराउन चाहन्थ्यो । ओलीले धोका दिँदै भारततिर झुकाब राख्दै भ्रमणको तिथि मिति टुंगो लगाएपछि बेइजिङ क्रुद्ध बनेको हो ।
चीनले ओलीको भारतप्रतिको झुकाव देखेपछि चैतको २५ देखि २८ गतेसम्म हुने बोआओ सम्मेलनका लागि निम्तो पठाएको छैन । स्रोतका अनुसार चीनले ओलीलाई भारतपरस्तको आरोप लगाउँदै निमन्त्रणा नपठाएको हो । चीनले दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर आफ्नो इच्छाअनुसारको निर्णय गरुन् भन्ने सोच बनाएको थियो ।
सधैँ भारत निकट रहेर राजनीति गर्दै आएका ओलीले फेरि पनि दिल्लीलाई चिड्याउन चाहेनन् । ओलीले दोहो¥याएर प्रधानमन्त्री बन्दा आफ्नो पहिलो भ्रमणको रोजाई भारतलाई बनाएका छन् । चीनसँग भन्दा पनि भारतसँग निकटता रहँदा आफ्नो कुर्सी सुरक्षित ठानेका ओलीले बेइजिङलाई धोका दिएको भनेर विश्लेषण हुन थालेको छ ।
त्यति मात्रै होइन चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलमार्फत दवाव दिएर भारत भ्रमण रद्द गर्न ओलीलाई दवाव दिइएको छ ।
एमाले र माओवादी केन्द्रलाई नजिक ल्याएर वाम गठबन्धन बनाउन राजदूत लीलामणि पौडेलले ठूलो भूमिका खेलेका थिए’, एमाले निकट उच्च स्रोतले भन्यो, ‘फेरि पनि उनैलाई प्रयोग गरेर बेइजिङले भारतभन्दा पहिला चीनको भ्रमण गर्न ओलीलाई दवाव दिइरहेको छ ।’ तर, प्रधानमन्त्री ओली तय भइसकेको आफ्नो भारत भ्रमण नबिथोल्ने अवस्थामा पुगेका छन् ।
चैतको २५ देखि २८ सम्म चीनले बोआओ सम्मेलनको मिति तय गरिसकेको छ । यसपटकको रोचक पक्ष के छ भने, बाहिर अनुमान गरिए जस्तो चीनले बोआओ सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई यसपटक निम्त्याएको छैन । दुई हप्तापछि हुने सो सम्मेलनमा नेपालको प्रतिनिधित्व कसले गर्ने हो, परराष्ट्र मन्त्रालयका अधिकारीहरू अझै बेखबर छन् ।
कि राष्ट्रपति–उपराष्ट्रपतिलाई, कि प्रधानमन्त्रीलाई निम्त्याइने यो सम्मेलनमा यस पटक ननिम्त्याएकोमा नेपाली पक्षले चित्त दुखाउला भन्ने सोचेर हो वा पहिले भारत जाने मनस्थितिमा रहेका प्रधानमन्त्री ओली अप्ठेरोमा पर्लान् भनेर हो ? स्पष्ट केही भनेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत